Press Statement

पत्रकार दाहालमाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

07 Sep, 2023
मिति ; २०८०।०५।२०
अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज दिउँसो
त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको अनलाइनखबर डटकमले जनाएको छ ।
स्वतन्त्रापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रोसन पुरी
महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments