Press Statement

पत्रकार पक्राउको निन्दा

11 May, 2016

समाचारको विषयलाई लिएर गाउँले मासिकका प्रधान सम्पादक भद्रगोल किराती (मनोजकुमार राई) लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । किराँत धर्म गुरु भनिने भक्तबहादुर राईबारे समाचार र पुस्तिका लेखेको निहुँमा प्रहरीले सम्पादक किराँतीलाई बैशाख २६ गते नियन्त्रणमा लिएको थियो ।

समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे कानुनी उपचारका अन्य विकल्प हुँदाहुँदै समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । महासंघ यो घटनाको निन्दा गर्दछ र सम्पादक किरातीलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments