Nepal

पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणको निन्दा

11 Oct, 2015

आन्दोलनरत समुहबाट एभिन्यूज टेलिभिजनका वीरगञ्जका व्यूरो प्रमुख राजु श्रेष्ठ र सम्बाददाता जयलाल शाहमाथि समाचार संकलनका क्रममा भएको आक्रमणको प्रयास र एभिन्यूज टेलिभिजनकै वीरगञ्ज क्षेत्रीय कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ पर्सा शाखाका अनुसार, असोज २२ गते पत्रकारद्वयलाई वीरगञ्जको आदर्शनगरमा आन्दोलनकारीले आक्रमणको प्रयास गरेका थिए भने असोज २३ गते कार्यालयमा ढुंगामुढा गरी तोडफोड गरेका थिए ।

कुनै पनि वहानमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रूपमा पत्रकारिताको अभ्यासको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments