Press Statement

पत्रकार विद्यार्थी गिरीको निधन

23 Nov, 2016

वीरगंजमा क्रियाशिल पत्रकार विद्यार्थी गिरीको सवारी दुर्घटनामा परी निधन भएको दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएकोे छ । ५५ वर्षीय गिरीको मंसिर ७ गते काठमाडौंबाट वीरगञ्ज जानेक्रममा ना. १ .ज ११८० नम्बरको टाटा सुमो मकवानपुरको सिस्नेरीस्थित भिमफेदीम दुर्घटना हुँदा निधन भएको हो । स्वर्गीय गिरीका श्रीमती, ४ छोरी र २ छोरा हुनुहुन्छ ।

महासंघ स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments