Press Statement

पत्रकार विश्वकर्मामाथि कुटपीट र लुटपाट

26 Jan, 2016

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा दलित विभाग प्रुमख हिरालाल विश्वकर्मामाथि सोमबार राती आक्रमण भएको छ। विश्वकर्मा कार्यरत हिमालय टाइम्स दैनिकबाट घर फर्कने क्रममा सोमबार राती साँढे ९ बजे मध्य वानेश्वरस्थित भेनस अस्पताल र पूजा प्रतिष्ठानको बीचमा केहि नचिनेका व्यक्तिहरुले आक्रमण गरेका हुन्। ५-६ जनाको समहुमा रहेका आक्रमणकारीहरुले विश्वकर्मालाई पछाडीबाट आक्रमण गरि लडाएपछि उहाँको साथमा रहेका पर्स, केहि रकम र महत्वपूर्ण कागजातहरु समेत लुटेर लगेका छन्। विश्वकर्माको सोमबार रातीनै अस्पतालमा उपचार गरिएको र चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरि उहाँ केहि दिनको लागि आराममा रहनुभएको छ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा दलित विभाग प्रुमख, हिमालय टाइम्सका प्रमुख संवाददाता विश्वकर्मामाथि कार्यालयबाट फर्किने क्रममा राजधानीको केन्द्र मध्य बानेश्वरमा भएको कुटपीट र लुटपाटले नेपाल प्रेस युनियनलाई आक्रोशित तुल्याएको छ। यसले काठमाडौंको सुरक्षा अवस्थालाई पनि खिस्ट्याएको छ।

नेपाल प्रेस युनियन पत्रकार हिरालाल विश्वकर्मामाथि भएको आक्रमण र लुटपाटको भत्सर्ना गर्दै दोषीहरुको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन स्थानिय प्रसासन तथा प्रहरी प्रसासन समक्ष जोडदार माग गर्दछ।

Written By

Nepal Press Union Nepal Press Union

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746

Comments