Press Statement

पत्रकार श्रेष्ठमाथि भएको आक्रमणको निन्दा

19 Nov, 2015

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सचिव एवं रेडियो मर्स्याङ्दीका समाचार प्रमुख युवराज श्रेष्ठलाई लमजुङको मुलपानीस्थित जय भद्रकाली आयल स्टोर्सका संचालक श्रीकान्त घिमिरेले भौतिक आक्रमणको धम्की दिनुका साथै पत्रकार श्रेष्ठको कोठामा तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ लमजुङ शाखाका अनुसार सामुदायिक रेडियो मर्स्याङ्दीमा आयल स्टोर्सको विषयमा प्रसारित समाचारलाई लिएर कात्तिक ३० गते बेसीशहर नपा ९ शेरास्थित पत्रकार श्रेष्ठको कोठामा साँझ ८:०० बजेतिर १०–१२ जनाको समुहले कोठामा पुगेर झ्याल र ढोका तोडफोड गरी भौतिक कारबाहीको धम्की दिएका थिए ।

समाचारप्रति कुनै गुनासो वा असहमति रहे त्यसउपर कानुनी उपचारका बाटो खोज्नुको सट्टा त्यसलाई छाडेर पत्रकारमाथि गरिएको यो आक्रमणको प्रयास प्रेस स्वतन्त्रताविरोधी हो । महासंघ पत्रकार श्रेष्ठमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषीउपर कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गर्दछौँ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments