Press Statement

पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम शुरु

22 Aug, 2016

महासंघको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम जाजरकोटबाट शुरुनेपाल पत्रकार महासंघले यसै वर्षदेखि शुरु गरेको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम जाजरकोटबाट शुरुवात गरेको छ । पत्रकारिता क्षेत्रमा कार्यरत रहँदाकै बखत हत्या वा भवितव्यमा परी वा अन्य कारणबाट निधन भई निजका सन्ततिको पठनपाठनमा पर्ने समस्यालाई मध्यनजर गरी स्थापना गरिएको पत्रकार सन्तति शैक्षिक वृति कार्यक्रम अन्र्तगत जाजरकोटका स्वर्गीय पत्रकार वीरबहादुर शाहीका सन्ततिलाई प्रदान गरी शुरुवात गरिएको हो ।

महासंघ जाजरकोट शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले शाहीका पत्नी सरस्वतीलाई सन्तति वृति वापत ५० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

उहाँले महासंघले शुरु गरेको पत्रकारको सामाजिक सुरक्षा अन्र्तगत यस वर्ष चार जना पत्रकारका आश्रित परिवारलाई शैक्षिक वृति उपलब्ध गराईने बताउनुभयो । रकम सानै भए पनि यसले पत्रकारका आश्रित बालबालिकालाई शिक्षामा सहयोग पु¥याउने र यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिइ्ने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंह, स्थानीय विकास अधिकारी ईन्द्र गौतम, महासंघ जिल्ला अध्यक्ष जनक केसी, पूर्व अध्यक्ष राजेन्द्र कार्की, सल्लाहकार वीरबहादुर गिरी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष हेमन्त केसी लगायतले महासंघले शुरु गरेको शैक्षिक वृति कार्यक्रमले जोखिममा परेका पत्रकारका सन्ततिलाई शिक्षामा सहयोग पु¥याउने धारणा राखेका थिए ।

महासंघ जाजरकोट शाखाका सदस्य शाहीको २०७१ माघ १९ गते नायकबाडामा रुखले च्यापेर निधन भएको थियो । शाहीका पाँच र दुई वर्षका छोरा छन् ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments