Press Statement

पत्रिकाको कार्यालय नियन्त्रणमा लिएको घटनाको महासंघद्वारा भर्त्सना

21 Feb, 2016

नेपाल पत्रकार महासंघका सभासद् एवं प्रेस काउन्सिल नेपालका सदस्य मनऋषि धिताल सम्पादक÷प्रकाश रहेका तथां महासंघका केन्द्रीय सदस्य सरिता ढकाल सञ्चालक रहनुभएकी ‘जनादेश साप्ताहिक’ को कार्यालयमा रहेको कम्प्यूटरलगायतका सामग्री कब्जा गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सम्पादक धिताल र सञ्चालक ढकालका अनुसार केही दिनअघि अधिवक्ता खिमलाल देवकोटाले ‘नयाँ शक्तिको’ प्रचार–प्रसार कार्यालय सञ्चालन गर्न भन्दै संखमुलस्थित साप्ताहिकको कार्यालयमा प्रवेश गरी कम्प्यूटरलगायत महत्वपूर्ण कागजात र कार्यालयको साँचोसमेत कब्जामा लिई कार्यालय नियन्त्रणमा लिइएको छ ।

महासंघ जनादेश साप्ताहिक सञ्चालनमाथि गरेको नियन्त्रणकारी शैलीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको ठहर गर्दै घटनाको घोर भर्त्सना गर्दछ । नियन्त्रण गरिएका सम्पूर्ण सामग्री फिर्ता गरी प्रेसको संवैधानिक अधिकारलाई सम्मान गर्न महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments