Press Statement

फोटोपत्रकार आक्रमणको भर्त्सना

11 Apr, 2016

समाचार संकलनको क्रममा अनलाईन खवरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज विहान ११ बजेतिर सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने क्रममा फोटो किन खिचेको भन्दै पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई लाठी प्रहार गरी घाइते बनाएका थिए । घाइते पत्रकार अधिकारी अहिले उपचाररत हुनुहुन्छ ।

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । महासंघ पत्रकार अधिकारीमाथि भएको प्रहरी ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments