Nepal

महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष श्रेष्ठको निधन

14 Oct, 2015

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष नुच्छेमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण एक हप्ताअघि अस्पताल भर्ना हुनुभएका श्रेष्ठको २०७२ असोज २६ गते हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

वि. स. २०४७ सालमा महासंघ मकवानपुर शाखाका अध्यक्ष रहनु भएका श्रेष्ठ वि. स. २०२२ सालदेखि राष्ट्रिय समाचार समितिमा आवद्ध हुनुहुन्थ्यो । २०५८ सालमा हेटौँडा सन्देश दैनिकका संस्थापक प्रधान सम्पादक र २०३८ उज्यालो साप्ताहिकका प्रकाशक÷सम्पादक रही काम गर्नु भएको श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रलाई अपूरणीय  क्षति पुगेको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments