Press Statement

रेडियोकाे प्रसारणमा अवरोध

07 Mar, 2017

त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा रहेको टियू एफएम १०७ मेगाहर्जको प्रसारण बन्द भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको दिन फागुन २३ गते बिहानदेखि प्रहरी प्रशासनले क्याम्पस हाता नियन्त्रणमा लिई प्राध्यापक, कर्मचारीसमेतलाई प्रवेश गर्न नदिएका कारण रेडियोको प्रसारण सेवा बन्द हुन पुगेको छ ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले प्राध्यापक, कर्मचारीसहित बन्द रेडियोबारे विहान क्याम्पस पुगी जानकारी लिनुभएको थियो ।

रेडियोको प्रसारणमा भएको अवरोधले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ त्यस्तो कार्य हुन नदिन र रेडियोको प्रसारण तत्काल सुचारुका लागि पहल गर्न सम्बन्धित पक्षसँग महासंघ माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments