Press Statement

रेडियो मधेसमा तोडफोडको भर्त्सना

31 Jan, 2016

सर्लाही सदरमुकाम मलंगवास्थित रेडियो मधेसमा बिहिबार राती करिब १५ जनाको भिडले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सर्लाही शाखाका अनुसार उक्त दिन साँझ ६ः०० बजेतिर १५/१६ जनाको समुहमा रहेका युवाले मुल गेड तोडेर भित्र पसी ढुंगामुढा गरी तोडफोड गर्दा रेडियो रहेको घरको झ्याल ढोका र फर्निचर ध्वस्त भएको छ । तोडफोडपछि असुरक्षाका कारण एफएमको प्रसारण अवरुद्ध हुन पुगेको थियो ।

महासंघ यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै दोषिमाथी कारबाही र एफएम स्टेसनको सुरक्षा व्यवस्थाको निम्ति सम्बन्धित निकार्य गम्भीर ध्यानाकर्षण गराउँदछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments