Press Statement

शोक वक्तव्य

29 Apr, 2016

नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीको ब्रेन ट्युमरका कारण ३३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ ।

बैशाख १६ गते राति ब्रेन ट्युमरको समस्या बल्झिएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएका क्षेत्रीको राति ९ः१५ बजेतिर उपचारको क्रममा निधन भएको हो । २०७१ मंसिरदेखि ब्रेन ट्युमरको समस्या देखिएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएका क्षेत्रीको पटकपटक भारतमा समेत उपचार गरिएको थियो ।

पाल्पाबाट पत्रकारिता सुरु गर्नु भएका क्षेत्रीले उज्यालो नेटवर्क, नेपालवाणी नेटवर्कमा लामो समय पत्रकारिता गर्नु भएको थियो । पछिल्लो समय नेपाली कला डटकममा आवद्ध क्षेत्री गीत, संगीत र साहित्यमा समेत संलग्न हुनुहुन्थ्यो । क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, निर्भीक र युवा पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments