Press Statement

शोक विज्ञप्ति: पत्रकार डिल्लीराम निर्भीकको निधन

04 Aug, 2016

वरिष्ठ पत्रकार डिल्लीराम निर्भीकको ७८ वर्षको उमेरमा निधन भएका दुखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । केही वर्षदेखि अस्वस्थ रहँदै आउनु भएका निर्भीकको काठमाडौंस्थित निवासमा आज विहान निधन भएको हो ।

वि. स. १९९५ माघ २ गते इलामको शान्तिपुरमा जन्मेर झापालाई कर्मथलो बनाई पाँच दशकभन्दा लामो सययदेखि पत्रकारिता गर्दै आउनु भएका निर्भीकले सिद्र्धार्थ अर्थसाप्ताहिकबाट पत्रकारिता सुरु गर्नु भएको थियो ।

गोरखापत्र दैनिक, समीक्षा, द कमनर, मातृभूमि, नेपाल सन्देशलगायत थुप्रै पत्रिपत्रिकामा काम गर्नुभएका निर्भीक पछिल्लो समय हिजोआज दैनिक र
सिदार्थ अर्धसाप्ताहिकका प्रधानसम्पादक हुनुहुन्थ्यो ।

उहाँको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक अनुभवी र कुशल पत्रकार गुमाएको छ भने नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
स्वर्गीय निर्भीकका श्रीमती, र दुई छोरा हुनुहुन्छ ।

महासंघ, स्वर्गीय निर्भीकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा
गहिरो समवेदना प्रकट गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments