Nepal

सुरक्षाकर्मीबाट भएको आक्रमणको निन्दा

09 Oct, 2015

समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका प्रतीक श्रेष्ठ, हिमालय टेलिभिजनका  हिमाल खड्का र नेपालीपत्र साप्ताहिकका ब्रम्हदेव यादवमाथि विराटनगरमा सुरक्षाकर्मीले गरेको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

विराटनगरको महावीरचौकमा २०७२ असोज २१ गते मधेश केन्द्रित आन्दोलनको समाचार संकलनमा पुगेका पत्रकारमाथि पत्रकारको परिचय दिँदादिँदै सुरक्षाकर्मीद्वारा दुर्व्यवहार गर्दै जथाभावी लाठ्ठी प्रहार गरेको महासंघ मोरङ शाखाले जनाएको छ ।

नागरिकलाई सुसूचित गराउने जिम्मेवारीमा जुटेका पत्रकारमाथि सरक्षाकर्मीबाटै आक्रमण हुनु आफैंमा गैरजिम्मेवार र निन्दनीय कार्य हो । महासंघ सुरक्षाकर्मीबाट भएको योे ज्यादतीको तीब्र भर्त्सना गर्दछ । र, दोषीमाथि तत्काल कारबाही गरी पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रता र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments