Press Statement

सरकार र महासंघको सहकार्यमा पत्रकार दुर्घटना बीमा प्रारम्भ

26 Nov, 2015

नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा आज २०७२ मंसिर १० गतेदेखि पत्रकार दुर्घटना बीमा प्रारम्भ गरिएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० बमोजिम श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमाअन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोमा ५ लाख रुपियाँसम्म र दुर्घटनबाट उत्पन्न उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा २ लाख रुपियाँसम्मको वास्तविक खर्च व्यहोरिने छ ।

बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा व्यवस्था छ ।

बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको छ । यसअन्तर्गत प्रति व्यक्ति वार्षिक प्रिमियम रु. ३३९।– मध्ये सरकारी कोषबाट रु. २५४।७५ र महासंघबाट रु ८४।–७५ व्यहोरिने छ ।

पहिलो चरणमा आज महासंघमा विवरण प्राप्त भई नेपाल सरकार सूचना विभागबाट प्रक्रिया पूरा गरी स्वीकृत गरिएका ५५४ जना श्रमजीवी पत्रकारको बीमा गरिएको छ । बिमित हुनु सूचना विभागबाट जारी प्रेस पास र महासंघ सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान छ आज बीमा कार्यक्रममा छुट भएका अन्य पत्रकारको विवरण संकलन जारी रहनेछ । अर्को चरणको बीमा कार्यक्रम चाँडै कार्यान्वयन गरिनेछ ।

नेपाल पत्रकार महासंघमा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकार दुर्घटना बीमाको शुभारम्भ गर्दै यसलाई अझ फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मिडिया नीतिको पुनरावलोकन, प्रशिक्षण प्रतिष्ठान स्थापनालगायतका अन्य मुद्दालाई पनि चाँडै सम्वोधन गर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेकोमा सरकारलाई धन्यवाद दिँदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्वास्थ्य बीमा, मिडिया नीति र कानुनको पुनरावलोकन, प्रशिक्षण प्रतिष्ठान स्थापनालगायतका विषयको पनि चाँडै सम्वोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका बारेमा प्रकाश पार्दै सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले दोस्रो चरणमा चाँडै थप बीमा घोषणा गरिने जानकारी गराउनु भएको थियो । महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले बीमा कार्यक्रम जारी रहेकोले यसमा सहभागी हुन अन्य पत्रकारहरूलाई पनि आहृवान गर्नुभयो ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments