Press Statement
पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन–प्रसारण हुनु खेदजनकः महासंघ
20 Dec, 2015राष्ट्रपति विद्यादेवी भण्डारी विवाहा पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरमा पुजा अर्चनामा संलग्न भएको विषयलाई लिएर अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरी लाञ्छित गरिएको र सो विषयको समाचार त्यहाँबाट प्रकाशित जनकपुर टुडे दैनिकमा प्रकाशित भएको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
मानवीय सभ्यता, संस्कृति र संवैधानिक व्यवस्थाका विपरीत भएका यस्ता गतिविधि र पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन–प्रसारण हुनु खेदजनक छ । महासंघ त्यस्तो प्रकाशन–प्रसारण गर्ने सञ्चारमाध्यमलाई गल्ती सच्याउन र प्रेस काउन्सिल नेपाललाई पत्रकार आचारसंहिता विपरीतका प्रकाशन–प्रसारणको अनुगमन गर्न आग्रह गर्दछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download