Press Statement
पत्रकार आक्रमणको भर्त्सना
10 Jun, 2016समाचार प्रसारण गरेकै आधारमा हिमाल एफएम सोलुखुम्बुका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद भानुभक्त निरौलामाथि एमालेका पूर्व जिल्ला सचिव बुद्धिकुमार राजभण्डारी र आश्विन थापाद्धारा सांघातिक आक्रमण भएको छ ।
शुक्रबार सोलुखुम्बु जिल्ला प्रसासन कार्यालय अगाडीनै निरौलामाथि आक्रमण भएको हो । स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक समेत रहेका राजभण्डारीले सञ्चारकर्मी निरौलालाई ‘तेरो रेडियोमा शान्ति समितिको समाचार किन प्रशारण गरिस्‘ भन्दै भौतिक आक्रमण गरेका थिए ।
समाचार लेखेकै आधारमा धम्की दिदै, सञ्चारकर्मी माथि सांघातिक आक्रमण हुनु प्रेस स्वतन्त्रता विपरित हो । संविधानले नै प्रदत्त गरेको अधिकारलाई कुण्ठित गर्ने गरी भएको आक्रमणप्रति नेपाल प्रेस यूनियन घोर आपति जनाउदछ । यो स्वतन्त्र प्रेस माथिको नाङगो हस्तक्षप हो । यसप्रति यूनियनको गम्भीर ध्ययानाकर्षण भएको छ ।
दोषीलाई कानुनी कारवाही गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस यूनियन माग गर्दछ ।
Written By
Nepal Press Union
Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download