Press Statement
पत्रकारमाथि भएकाे दुर्व्यवहारकाे निन्दा
11 Jun, 2017भक्तपुरको ठिमिस्थित हनुमन्ते खोलाको प्राकृतिक धार परिर्वतनको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
हिजो जेठ २७ गते समाचार संकलनमा रहेकी महासंघ भक्तपुर शाखा कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिककी लीला श्रेष्ठ, पार्षद एवं राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, रमेश गिरी र मिडिया एमपीका पत्रकार सुदिपकुमार पौडेललाई खोलाको धार परिवर्तन गराउने पक्षले दुव्र्यवहार गर्नुका साथै पत्रकारहरुको क्यामराको भिडियो फुटेज मेटाउने तथा मोबाइल फुटाउने प्रयाससमेत गरेको जानकारी प्राप्त भएको छ ।
नगारिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि भएको यो घटना स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप हो । महासंघ घटनाको निन्दा गर्दै दोषीमाथि कार्वाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download