Press Statement

पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको आक्रमण हाे: महासंघ

16 Jan, 2018

नेपाल पत्रकार महासंघका सभासद तथा कान्तिपुर दैनिकका गोरखा जिल्ला सम्वाददाता सुदिप कैनीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ गोरखा शाखाका अनुसार, गोरखा र तनहँुको सिमानामा पर्ने मस्र्याङदी नदि किनारमा विना टेण्डर बालुवा उत्खनन गरिएको समाचार संकलन गर्ने क्रममा माघ १ गते त्यहाँ पुगेको बेला बालुवा उत्खनन गरिरहेको समुहले पत्रकार कैनीमाथि आक्रमण गरेका हुन । आक्रमणबाट उहाँको घाटिमा चोट लागेको छ । साथै, उनिहरुले पत्रकार कैनिको साथमा रहेको क्यामरा र मोवाईल फुटाइदिएका छन् । समाचार संकलनका क्रममा रहेका पत्रकार माथी सांघातिक आक्रमण गर्नु र सञ्चार उपकरण फुटाउने घटना, पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिको आक्रमण हो ।

समाचार संकलनका क्रममा पत्रकारमाथि भएको यस किसिमको घटना प्रेस स्वतन्त्रतामाथिको गम्भिर आक्रमण भएको महासंघको ठहर छ । महासंघ पत्रकार कैनीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानवीन गरि दोषिमाथि कारबाही गर्नुका साथै घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन र क्षति भएको उपकरणको क्षतिपूर्ति दिलाउन सम्बन्धित पक्षसंग महासंघ माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments