Press Statement
फोटो पत्रकार शाहको गिरप्तारी विरोध
14 Dec, 2018समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास बाहिर तस्विर खिचिरहेकी फोटो पत्रकार बर्षा शाहलाई हातपात गर्दै पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
राष्ट्रपतिले १८ करोडको सवारी साधन चढ्न लागेको विरोधमा सर्वसाधारणले एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको तस्विर खिच्दै गर्दा प्रहरीले शाहलाई हातपात गर्दै नियन्त्रणमा लिएको हो।
लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने सोचबाट सरकार अघी बढिरहँदा पत्रकार शाह पक्राउ परेकी छिन्।
तस्बिर खिचेकै कारण फोटो पत्रकार गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार रहेको युनियनको ठहर छ।
शितल निवास बाहिर समाचार संकलनका क्रममा रहेकी फोटो पत्रकार शाहलाई पक्राउ गर्ने लगायतका प्रेस स्वतन्त्रता विरोधी सबै किसिमका क्रियाकलाप बन्द गर्न चेतावनी दिदै युनियन सरकारलाई स्वतन्त्र प्रेसको भावनाको सम्मान तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन खवरदारी गर्दछ।
Written By
Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download