Press Statement

मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति महासंघको ध्यानकर्षण

26 Feb, 2018

सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ ।

सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो । नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ ।

अदालतको आदेश र त्यसपछिको प्रतिक्रियाहरुलाई ध्यानमा राख्दै महासंघले आन्तरिक बैठक र सरोकारवालाहरुसँगको छलफलपछि थप धारणा सार्वजनिक गर्ने छ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments