Press Statement
पत्रकारलाई भौतिक कारबाहीको धम्की
15 Mar, 2018नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा नागरिक सम्वाददता छविलाल तिवारीलाई प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पर्वत अध्यक्ष तिवारीअनुसार २०७४ फागुन २० गते नागरिक दैनिकमा प्रकाशित ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको विषयलाई लिएर निर्माण व्यवसायी भण्डारीले आज ९८५१०१०४३३ नम्बरबाट फोन गरी अध्यक्ष तिवारीलाई मारेर फालिदिने भनी धम्क्याएका थिए ।
प्रकाशित/प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर अपनाउनु पर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेप हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटनाको घोर भत्र्सना गर्दछ । र, धम्की दिने भण्डारीमाथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download