Press Statement
मिडिया कार्यालयमा पत्रकारलाई धम्क्याउने कार्यको घोर भर्सना
07 Jun, 2018अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद लामाले समाचारको बारेमा पठाएकोे खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा साँझको समयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिने कार्यको नेपाल प्रेस युनियन घोर भर्सना गर्दछ । समाचार कक्षमा प्रबेश गर्नु तथा फोनबाट सम्पादकलाई जाकिदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो । समाचार सम्बन्धी चित्त नबुझे प्रेस काउन्सीलमा उजुरी दिइ उपचार खोज्ने बाटो हु्ँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको प्रेस युनियन कडा शब्दमा भत्र्सना गर्दछ । साथै, घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पत्रकारहरुको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here