Press Statement
अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हाे : महासंघ
07 Jun, 2018हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समुहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा शाहीको नेतृत्वमा गएको समुहले हुलहुज्जत गर्दै अनलाइनको समाचार कक्षमा कार्यरत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएका थिए भने सोही दिन दिउँसो अध्यक्ष तथा सांसद लामाले अनलाइनका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई ‘समाचार नहटाए उठाइदिने तथा सत्ता र शक्तिको दम्भ देखाउदै साईबर क्राईमको मुद्दा लगाएर थुनिदिने’ भन्दै फोनबाट धम्की पनि दिएकी थिइन् ।
प्रकाशित समाचारको बारे अध्यक्ष तथा सांसद लामाले पठाएकोे खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु र फोनबाट सम्पादकलाई उठाइदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो । अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको महासंघ कडा भत्र्सना गर्दछ । साथै, घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरा ल्याउन र यस्ता घटना दोहोरिन नदिन तथा पत्रकारहरूको पूर्ण सुरक्षा गर्न एवं संविधानप्रदत्त प्रेसको अधिकारको निर्वाध उपभोगको वातावरण सृजना गर्न सम्बन्धित निकायसँग महासंघ जोडदार माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here