Press Statement
समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सर्वोच्च अदालतले आदेशको स्वागत
18 Feb, 2018समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सम्मानित सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको नेपाल पत्रकार महासंघ हार्दिक स्वागत गर्दछ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै दिएको रिट निवेदनमाथि २०७४ फागुन ६ गते प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेश दिएको हो ।
साना लगानी तथा श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेको स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र प्रवद्र्धनका लागि सरकारी विज्ञापनमा समानुपातिक पहुँच हुनुपर्दछ भन्ने मान्यता महासंघको छ ।
सर्वोच्च अदालतबाट भएको उक्त फैसला तत्काल कार्यान्वयन गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ । साथै, इजलासमा वहस गर्ने वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू भक्ति घिमिरे, नवराज थपलिया र मनोज शर्माप्रति महासंघ धन्यवाद ज्ञापन गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download