Press Statement
बाजुरा अध्यक्ष मल्लमाथि भएको आक्रमणको भत्सर्ना
14 Jul, 2017बाजुराको सदरमुकाम मार्तडीबाट घर फर्किने क्रममा नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महांसंघ बाजुरा शाखाका पुर्व उपाध्यक्ष एवं ईमेज च्यानल टेलिभिजन बाजुरा सम्बाददाता छक्क बहादुर मल्ल माथि विहिवार दिउँसो बुढीनन्दा नगरपालिकाको पोरखेको ओरालोमा केही अज्ञात व्यक्तीको समुहले गरेको सुनियोजित आक्रमणको नेपाल प्रेस युनियन भत्सर्ना गर्दछ।
घर जाने क्रममा रहेका मल्ललाई लखेटी लखेटी गरिएको सांघातिक आक्रमणमा टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । मल्लसँगै रहेका बुढीनन्दा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रबहादुर शाही ,सोही नगरपालिकाका कर्मचारी पदमबहादुर विष्ट, रुद्र मल्ल, मनलाल बडुवाल लगायतका बटुवालाई पनि अगांउँपानीको बाटोमा हिडिरहेको बेला कुटपिट हुँदा घाइते भएका छन्। मल्लको साथमै रहनुभएका नारायण मल्ल सम्पर्क विहिन हुनुभएको छ ।
आक्रमणमा परि घाइते हुनुभएका युनियन बाजुराका अध्यक्ष छक्क बहादुर मल्ल लगायत सबैको नेपाल प्रेस युनियन शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछ । साथै आक्रमण पछि बेपत्ता पारिएका नारायण मल्लको खाजीकार्य तीब्र गर्न सबै सम्वन्धित कार्यालय र अधिकारीसँग युनियन माग गर्दछ।
आपराधिक उद्धेश्यका साथ भएको आक्रमणको घटनामा जोसुकै संलग्न भएपनि तत्काल छानविन गरि कार्वाहीको दायरामा ल्याउन युनियन स्थानिय वाजुरा प्रसासनसँग जोडदार माग गर्दछ।
स्थानिय तहको निर्वाचन पछि वाजुरामा देखिएको केहि गैरराजनीतिक प्रवृतीकै निरन्तरताको रुपमा यो घटना भएको हाम्रो ठहर छ। केही दिन अगाडि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी मार्तडी फर्कने क्रममा पत्रकार देबेन्द्र नाथलाई ढुंगा प्रहार गरी आक्रमण गरेको घटनाका दोषीलाई कारवाही नहुँदै हप्तादिन पछि नै गरिएको आक्रमणका घटनाले बाजुराका पत्रकार, नागरिक, कर्मचारी सबैमा डरको मनोविज्ञान सिर्जना समेत गर्न खोजिएको छ। स्वतन्त्र रुपमा आवागमन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारको हनन गर्दै सञ्चार माध्ययमा कार्यरत पत्रकारमाथि भएको यो आक्रमणको जति निन्दा गरेपनि कमै हुन्छ।
यो प्रवृतीको अन्त्यका लागि समेत वाजुराको प्रसासनले तत्काल आफ्नो कार्वाही प्रक्रिया अघी बढाई दोषीलाई कार्वाही गर्न यसै विज्ञप्ती मार्फत माग गर्दछौ। अन्यथा नेपाल प्रेस युनियन यस प्रकरणलाई लिएर आन्दोलित हुने चेतावनी पनि दिन चाहन्छौ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here