Press Statement
पत्रकार तिवारीलाई ज्यान लिने धम्की
15 Mar, 2018नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष तथा नागरिक दैनिकका स्थानिय संवाददाता छविलाल तिवारीलाई नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी ज्यानै लिनेसम्मको भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ।
२०७४ फागुन २० गते नागरिक दैनिकमा प्रकाशित ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको विषयलाई लिएर निर्माण व्यवसायी भण्डारीले बिहिवार ९८५१०१०४३३ नम्बरबाट फोन गरि अध्यक्ष तिवारीलाई मारेर फालिदिने भनी धम्क्याएको पत्रकार तिवारीले नै बताएका छन्।
सञ्चारमाध्यममा प्रकाशित-प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे अपनाउन सकिने कानुनी तथा अन्य वैधानिक उपचारका बाटोलाई छाडेर पत्रकारको ज्यान मार्ने धम्की दिने घटना गुण्डाराजको नमुना हो।
नेपाल प्रेस युनियन पत्रकारलाई दवावमा राख्न दिइने यस्ता धम्कीको घोर भत्सना गर्दछ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेपको आशयले गरिएका यस्ता हर्कतको कडा शब्दमा निन्दा गर्दै धम्की दिने भण्डारीमाथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न युनियन सम्बन्धित निकायसँग माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download