Press Statement
अदालतको आदेश भन्दै पत्रकार पक्राउ गरेकोमा महासंघको ध्यानाकर्षण
10 Sep, 2018नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवं खोजतलास डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरी आज विहान ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित निवासबाट पक्राउ गरेको हो ।
समाचारको विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिलको नेपालको हो । यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरीको यो ज्यादतीप्रति घोर भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download