Press Statement

अदालतको आदेश भन्दै पत्रकार पक्राउ गरेकोमा महासंघको ध्यानाकर्षण

10 Sep, 2018

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवं खोजतलास डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार बस्नेतलाई समाचारको विषयलाई लिएर विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरी आज विहान ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित निवासबाट पक्राउ गरेको हो ।

समाचारको विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिलको नेपालको हो । यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरीको यो ज्यादतीप्रति घोर भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments